काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड भएको छ । यहाँबाट पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ ।
जिल्लाको कमल गाउँपालिका-२ स्थित पार्टीको सम्पर्क कार्यालयमा तोडफोड गरिएको पार्टीका एक नेताले बनाएका छन् । तोडफोडबाट सम्पर्क कार्यालयको सिसा फुटेको छ । अन्य भौतिक क्षति भने नभएको बताइएको छ ।
तोडफोड कसले र किन गरेको हो भन्ने स्पष्ट छैन । पार्टीले यस विषयमा प्रहरीमा जानकारी गराएको छ । तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया