भोजपुर : भोजपुरको कावा खोलामा चार करोड ६२ लाख ७४ हजार ९१० को लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।
स्टिल ट्रस ओपन फाउन्डेसन प्रविधिमा एक स्पानको उक्त पुल ४६ मिटर लामो र छ मिटर चौडा छ । पुलको दुवैतर्फ एक दशमलव २० मिटर चौडा पैदल मार्गसमेत निर्माण गरिएको हो ।
पुल सञ्चालनमा आएपछि आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिका क्षेत्रका सर्वसाधरण लाभान्वित भएका छन् । कावा खोलामा पुल नहुँदा सदरमुकामसम्मको यात्रा जोखिमपूर्ण थियो । यो पुलले हतुवागढी गाउँपालिका वडा नम्बर २ रानीबास र रामप्रसादराई गाउँपालिका वडा नम्बर ५ मानेभञ्ज्याङलाई जोडेको छ ।
प्रतिक्रिया