नेपाली जनशक्ति वाहिर जानुपर्ने वाध्यता अन्त्य गर्न दरवन्दी व्यवस्थापन जरुरी : स्वास्थ्यमन्त्री शर्मा

शुक्रबार, १९ मंसिर २०८२

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले नेपालभित्र उत्पादित जनशक्ति बाहिर गएर काम गर्नुपर्ने वर्तमान अवस्था रहेको बताएकी छन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा उत्पादित जनशक्तिलाई नेपाल सरकारको सेवाभित्र दरबन्दी सिर्जना गर्न नसकेको भन्दै उत्पादित जनशक्ति बाहिर काम गएर काम गर्नुपरेको बताएकी हुन्।

उनले भनिन्, ‘अहिले भएको रणनीतिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज र समान पहुँच, दोस्रोमा साधन स्रोत र जनशक्ति व्यवस्थापन गर्ने भन्ने कुरा छ। मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान भएको मानिस पहिलाको तुलनामा बढेका छन्। केही नभएपनि वर्षमा १०, १२ जना मनोचिकित्सक उत्पादन हुने अवस्था छ। सरकारको सेवाभित्र दरबन्दी सिर्जना गर्न सकेका छैनौं। उत्पादित जनशक्ति बाहिर गएर काम गरिरहेका कारण दरबन्दीहरुको व्यवस्थापन गर्न सक्नुपर्ने छ।’

यस्तै, उनले मन्त्रालय अगाडि बढ्ने क्रममा तालिम, औषधी, परामर्श सेवा र स्वास्थ्य संस्थाहरुलाई अझै बढि सुदृढिकरण गर्नुपर्ने भन्दै मानसिक स्वास्थ्य सेवा पनि विस्तार गर्ने दिशातर्फ अगाडि बढेको बताइन्।

उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालयको कोणबाट हेर्दा हामीले संविधानमा नागरिकलाई आधारभूत स्वास्थ्यको पहुँचमा ल्याउने भन्ने कुरा नै छ।

त्यसको लागि मानसिक स्वास्थ्यको औषधीहरु स्थानीय तहमा पनि पुर्या‍एका छौ। कहींकतै कमी कमजोरी होला तर अहिले पूर्वदेखि पश्चिमसम्म हेर्नुपर्ने छ। अगाडि बढ्ने क्रममा तालिम, औषधी, परामर्श सेवा र हाम्रो स्वास्थ्य संस्थाहरुलाई अझै बढि सुदृढिकरण गर्नुपर्छ र मानसिक स्वास्थ्य सेवा पनि विस्तार गर्नुपर्छ भन्ने नै छ र त्यो दिशामा हामी लागि रहेका छन्।’

समाजमा भएको असन्तुष्टिहरु, आक्रोशहरु सबै मानसिक समस्या नै हो र त्यसको बिस्फोट केही समय अगाडिदेखि पनि सकेको उनको भनाई छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार