फिल्म क्रू नेपालबाट ५ लाख बराबरको क्यामेरा सामग्री लिएर समित बज्राचार्य फरार

विहीबार, २२ माघ २०८२

काठमाडौं : फिल्म क्रू नेपाल प्रालिबाट भाडामा क्यामेरा लगेका एक व्यक्ति फरार भएका छन् । समित बज्राचार्य नाम गरेका ती व्यक्तिले फिल्म क्रू नेपालसँग भाडामा लिने सम्झौता गरी क्यामेरा तथा अन्य सामग्री लगेर हालसम्म फिर्ता नगरेको कम्पनीको भनाइ छ ।

फिल्म क्रू नेपालका अनुसार बज्राचार्यले ए–सेभेन फोर क्यामेरा, जसको बजार मूल्य करिब २ लाख ८२ हजार रुपैयाँ पर्छ, साथै लेन्स र मेमोरी कार्डसमेत गरी करिब ५ लाख रुपैयाँ बराबरको सामग्री लिएर फरार भएका हुन् ।

उक्त सामग्री पुस २७ गते भाडामा लिने उद्देश्यले लगिएको भए पनि हालसम्म फिर्ता नभएको र सम्पर्कविहीन रहेको फिल्म क्रू नेपालले जनाएको छ । यस विषयमा बुझ्न खोज्दा बज्राचार्यसँग सम्पर्क हुन सकेन, उनको मोबाइल फोन बन्द रहेको छ। उनले आफू कलंकी क्षेत्रमा बसोबास गर्ने बताएका थिए । तर उनको नागरिकतामा भने बसोबासको ठेगाना म.न पा काठमाडौं उल्लेख रहेको छ । उनका बुवाको नाम विदेक बज्राचार्य रहेको जानकारी दिइएको छ ।

फिल्म क्रू नेपालले क्यामेरा तथा फिल्म निर्माणसँग सम्बन्धित सामग्रीहरू भाडामा दिने सेवा सञ्चालन गर्दै आएको छ । सम्झौता अनुसार सामग्री नफर्काइ फरार भएको भन्दै सम्बन्धित निकायमा जानकारी गराउने तयारी भइरहेको समेत फिल्म क्रू नेपालले जनाएको छ । फिल्म क्रु नेपाल नेपालको सबैभन्दा ठूलो लाइन प्रोडक्सन र फिल्म प्रोडक्सन कम्पनी हो । यसले नेपाली तथा विशेष गरी विदेशी फिल्म निर्माताहरूलाई सामग्री उपलब्ध गराउँदै आएको छ ।

नेपालमा निर्माता, निर्देशक, लाइन निर्माता, फिक्सर, छायांकनकर्ता र फिल्म निर्माताहरूको टोली सबै निर्माणहरूलाई समर्थन गर्दै फिल्म, प्रसारण, व्यावसायिक, रियालिटी शो, चलचित्र, वृत्तचित्र, नाटक, व्यावसायिक वा शृङ्खला, र बीचमा सबै कुरा उच्चतम गुणस्तरका क्यामेरा, ध्वनि रेकर्डिङ, प्रकाश र ग्रिप उपकरणहरू भाडामा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार