पाँचथरमा बाजेले गरे नातीको हत्या

आइतबार, २८ मंसिर २०८२
सांकेतिक फाईल

पाँचथर : ८२ वर्षीय हजुरबा (बाजे)ले छुरी प्रहार गर्दा नातीको ज्यान गएको छ ।

घरायसी विवादमा फाल्गुनन्द गाउँपालिका ७ आङसराङका बर्णसिंह आङदेम्बेले छुरीले हान्दा नाती प्रेमराज आङदेम्बो ज्यान गएको हो ।

बाजे  वर्णसिंह र नाती प्रेमराज विच भनाभन भएको र सोहि विवादका क्रममा वर्णसिंहले प्रेमराजलाई छुरी प्रहार गर्दा घट्नास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

छुरी प्रहार गर्ने बर्णसिंहलाई पक्राउ गर्नका साथै प्रेमराजको शव प्रकृति मुचुल्का तयार गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल फिदिममा ल्याइएको पाँचथरका प्रहरी प्रमूख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार