पाँचथरमा पिकअप पल्टियो, चारजना घाइते

बुधबार, २९ असोज २०८२

पाँचथर : पाँचथरको फिदिम–फालौट सडकखण्डमा बुधबार दिउँसो पिकअप पल्टिँदा चारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार नाङ्गीनबाट फिदिमतर्फ आउँदै गरेको प्रदेश २–००२ च ७९५८ नम्बरको डबल क्याप पिकअप फिदिम–११ फेमे खोलामा पल्टिएको हो ।

दुर्घटनामा फिदिम नगरपालिका–११ का ६१ वर्षीय सुकबिर विश्वकर्मा, उनका २१ वर्षीय छोरा लक्ष्मी विश्वकर्मा, ६४ वर्षीया कुमारी नेम्वाङ र ३४ वर्षीया कमला नेम्वाङ घाइते भएका छन् । उनीहरू सबैको उपचार पाँचथर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण स्पष्ट नभए पनि भर्खरै बाढीपछिको अस्थायी मर्मत गरिएको सडक फुस्रो र अप्ठ्यारो भएकाले गाडी अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार