मेलम्ची भ्रष्टाचार प्रकरणः पूर्वसचिव उपाध्यायसहितविरुद्ध सर्वोच्चमा पुनरावेदन

आइतबार, २८ मंसिर २०८२

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको अभियोगमा पूर्वसचिव भीमप्रसाद उपाध्यायसहितका प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

विशेष अदालत, काठमाडौँको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आइतबार पुनरावेदन निवेदन दर्ता गराएको हो। पुनरावेदनमा मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका पूर्वसचिव डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर र बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल प्रतिवादी छन्।

अख्तियारका अनुसार आयोजना कार्यान्वयनमा हचुवाका भरमा ‘माइलस्टोन’ तय गरी, कमजोर क्षमता र नगद प्रवाह भएका ठेकेदारलाई कानुनविपरीत लाभ पुर्‍याइएको थियो। साथै कानुनले तोकेभन्दा बढी मोबिलाइजेसन पेस्की दिएको, असुल गर्नुपर्ने रकम असुल नगरेको र सरकारी सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको आरोप छ।

यसअघि विशेष अदालतले २०८१ भदौ १६ गते प्रतिवादीलाई आंशिक सफाइ दिएको थियो। सो फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै आयोगले पुनरावेदन गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन्।

१.डा.सञ्जय शर्मा

२. भीमप्रसाद उपाध्याय

३. गजेन्द्रकुमार ठाकुर

४. मुकुन्दप्रसाद पौडेल

५. रुद्रसिंह तामाङ

६. चन्द्रबहादुर थापा

७. घनश्याम भट्टराई

८. रामचन्द्र देवकोटा

९. सूर्यराज कँडेल

१०. मणिभद्र न्यौपाने

११. रामचन्द्र न्यौपाने

१२. वेगनाथ पौडेल

१३. केदारप्रसाद अर्याल

१४. भोजविक्रम थापा

१५. शिवकुमार शर्मा

१६. Eptisa Services De Ingenieris S.L. र BETS Consulting Services Ltd. JV (परामर्शदाता कम्पनी)

१७. CMC di Ravenna (निर्माण व्यवसायी कम्पनी)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार