सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग खेल्ने

आइतबार, २८ मंसिर २०८२
File Photo

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग ९बिपीएल० क्रिकेट खेल्ने भएका छन्।

बिपीएल टोली राजशाही वारियर्सले आइतबार सन्दीपलाई आफ्नो टिममा अनुबन्ध गरेको जानकारी दिएको हो। यसअघि सन्दीपले सन् २०१८र१९ को सिजनमा सिलेट सिक्सर्सबाट बिपीएल खेलिसकेका छन्। उक्त सिजनमा उनले ६ खेल खेल्दै ४ विकेट लिन सफल भएका थिए।

नेपाली क्रिकेटका प्रभावशाली बलर सन्दीपले हालसम्म नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १ सय २९ विकेट लिएका छन्। हालै सम्पन्न नेपाल प्रिमियर लिग ९एनपिएल० मा उनले विराटनगर किङ्सबाट प्रतिस्पर्धा गरेका थिए।

विराटनगर किङ्सका कप्तानसमेत रहेका सन्दीप एनपिएलमा १७ विकेटसहित प्रतियोगिताका सर्वाधिक विकेटकर्ता बनेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार