काठमाडौँ : विघटित प्रतिनिधिसभाका सदस्य तथा प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेले सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आयोगले तीन करोड ६८ लाख ४७ हजार ७६१ बिगो दाबी गरेको छ।
अख्तियारका अनुसार काठमाडौँ क्षेत्र नम्बर–३ बाट निर्वाचित चालिसेको सम्पत्ति छानबिन गोकर्णेश्वर नगरपालिकाका प्रमुखका रूपमा कार्यरत रहेको अवधिलाई आधार मानेर गरिएको हो।
आयोगले सार्वजनिक पदमा रहँदा आर्जन गरेको सम्पत्ति वैध आम्दानीसँग मेल नखाने देखिएपछि भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरिएको जनाएको छ।
प्रतिक्रिया