मोरङको विराटचोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

शनिबार, २७ मंसिर २०८२
फाईल फोटो

इटहरी । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैँचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका थिए । आज बिहान करिब ६ः३० बजे विराटचोकस्थित बस्तीको बिचमै घिमिरेलाई आक्रमण गरेको थियो 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार