सुनसरीका चारै क्षेत्रमा ह्याभिवेट नेताहरूको नाम प्रतिनिधि सभाका लागि सिफारिस

विहीबार, २५ मंसिर २०८२

काठमाडौँ : नेपाली काँग्रेस सुनसरीले क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस गरेको छ।

उक्त क्षेत्रबाट कार्कीसहित गफार अन्सारी, डिल्ली कार्की र डा. अबुल हुसेन अन्सारी सिफारिस भएका छन्। यस्तै, सुनसरीकै क्षेत्र नम्बर १ मा उमेश थापा, विनोद राई, मीनबहादुर विश्वकर्मा र माधव घिसिङ सिफारिस भएका छन्।

क्षेत्र नम्बर २ मा राजीव कोइराला, राजीव ढुङ्गाना र सिताराम मेहता परेका छन्। त्यसैगरी क्षेत्र नम्बर ३ मा विजयकुमार गच्छेदार र वेद गच्छेदारको नाम सिफारिस गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार