विराटनगरमा दुईजना मृत फेला

विहीबार, २५ मंसिर २०८२
फाईल फोटो

इटहरी । मोरङको विराटनगरमा आज (बिहीबार) बिहान छुट्टाछुट्टै स्थानमा दुईजना मानिस मृत अवस्थामा फेला परेका छन्। 

विराटनगर–९ चुलाचुली मार्गमा  नामथर तत्काल खुल्न नसकेको, करिब ५५–५६ वर्षको मागीखाई गरी हिँड्ने तराईबासी जस्तो देखिने एक महिला मृत अवस्थामा फेला परेकी छन् ।  

बिहान १० बजे महिला मृत फेला परेको सूचना प्राप्त हुनासाथ सिआरभी घोघापुलबाट प्रहरी सहायक निरीक्षक हलुवानीप्रसाद लेखीको टोली खटिएको थियो। 

टोलीले घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहलको कमाण्डमा टोली परिचालन गरिएको जनाइएको छ।

यस्तै विराटनगर–७ धर्मभक्त मार्ग बस्ने करिब ६० वर्षीय पुरुषोत्तम पन्त आफ्नै घरको प्यासेजमा मृत अवस्थामा फेला परेका छन्  । 

बिहान १०ः५५ बजे पन्त मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ क्षेत्रीय प्रहरी कार्यालय हाट खोलाबाट प्रहरी नायब निरीक्षक मोहन विक्रम कार्कीको कमाण्डमा टोली खटिएको थियो। 

टोलीले घटना स्थल सुरक्षित बनाएको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहलको कमाण्डमा थप टोली खटाइएको छ। 

उक्त स्थान जिल्ला प्रहरी कार्यालय मोरङबाट करिब चार किलोमिटर दक्षिणतर्फ पर्ने बताइएको छ।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार