काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईका पिता समाजसेवी भोजराज भट्टराईको निधनको खबरले आफू दुःखी भएको बताउँदै उहाँ एक असल र सदाचारी समाजसेवी भएको स्मरण गरेका छन्।
“श्री वीन्ध्यवासीनी निमावी खोप्लाङका संस्थापक भोजराज गाउँघरका दीनदुःखीहरूलाई सहयोग गर्दै उनीहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्ने एक असल र सदाचारी समाजसेवी हुनुहुन्थ्यो”, राष्ट्रपति पौडेलले आज परिवारजनलाई पठाएको समवेदना सन्देशमा उल्लेख गरेका हुन्। राष्ट्रपति पौडेलले स्वर्गीय भोजराजको आत्माको चीरशान्तिको कामनासहित उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।
सो समवेदना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले पूर्व प्रधानमन्त्री डा.भट्टराईलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रथम महिला सबिता पौडेलको पनि उपस्थिती रहेको थियो ।
प्रतिक्रिया