काठमाडौं । गत भाद्र महिनामा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकी एक भारतीय नागरिकका श्रीमान्ले नेपाल सरकार, भारत सरकारको विदेश मन्त्रालय लगायतलाई विपक्षी वनाएर एक सय करोड भारतीय रुपैया क्षतिपूर्तिको माग गरेका छन् ।
रणवीर सिंह गोला नामका पुरुषले पत्नी राजेश गोलाको मृत्युमा नेपाल सरकार, भारत सरकारको विदेश मन्त्रालय, नेपालीस्थित भारतीय दूतावास र एक होटललाई समेत दोषी ठहर गर्दै क्षतिपूर्तिको माग सहित दिल्ली उच्च अदालतमा मुद्धा दायर गरेका हुन।
गोला दम्पती सन् २०२५ सेप्टेम्बर ७ मा पशुपतिनाथ दर्शनका लागि नेपाल आएका जनाइएको छ । सेप्टेम्बर ९ मा प्रदर्शनकारीहरुले होटलमा आगो लगाउनुका साथै आक्रमण गरेका थिए। काठमाडौंमा बसेको होटल प्रशासनले उनीहरुलाई सुरक्षाको आश्वासन समेत दिएको र चेकआउट गर्न नदिई माथिल्लो तलामा पठाएको तर आपत्कालीन स्थितिमा कुनै उचित प्रबन्ध नमिलाएको रिटमा उल्लेख छ।
दल्ली हाइकोर्टले यस बारे सुनुवाइ गर्दै केही प्रश्न उठाएको र मुद्दा फेब्रुअरी २६ सम्मका लागि स्थगित गरेको छ।
प्रतिक्रिया