झापामा तीन सवारी एकआपसमा ठोक्किँदा गम्भीर घाइते युवकको उपचारका क्रममा मृत्यु

बुधबार, २४ मंसिर २०८२
सांकेतिक फाईल

झापा : कन्काई नगरपालिका–८, खाडी बस्तीस्थित भित्री सडक खण्डमा तीन सवारी सम्झिएकाे दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

राजगढ–लक्ष्मिपुर सडकखण्डमा दुई मोटरसाइकल र एक अटो एकआपसमा ठोक्किँदा मे ९ प ४६९१ नम्बरको मोटरसाइकलमा पछाडि सवार बाह्रदशी–३ का २४ वर्षीय विकास राजवंशी गम्भीर घाइते भएका थिए।

घाइते राजवंशीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल पुर्‍याइएको थियो। तर उपचार हुँदैगर्दा  बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार