टाइब्रेकरमा पोखरालाई हराउँदै आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

मंगलबार, २७ माघ २०८२

झापा । झापा गोल्डकपको चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबले सातौं संकरणको झापा गोल्डकपमा लालिगुराँस एसोसिएसन पोखरा टाइब्रेकरमा हराउदै सेमिफाइनल यात्रा तय गरेको छ । 

डोमालाल राजवंशी रंगशाला विर्तामोडमा भएको ब्वार्टरफाइनल खेलमा टाइब्रेकरमा पोखरालाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो । 

 

खेल अवधिभर चारपटकको विजेता आर्मीेलाई  लालिगुराँसले दबाबमा राखेको थियो । खेलको निर्धारित समयमा सम्म दुवै टिमबाट गोल हुन नसक्दा जिल्को निर्णय टाइब्रेकरबाट गरिएको थियो । 

आर्मीका लागि नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे ।पोखराका टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गरे । पोखराका लक्षु थापाको प्रहार बाहिरियो भने विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले असफल बनाइदिए ।

पहिलो हाफमा विपक्षीको दबाब व्यहोरेको आर्मीले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो । तथापी दुवै टिमबाट गोल भने हुन सकेन ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका गोलकिपर विकेश कुथु घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । बुधबारको खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजबीच हुनेछ ।
प्रतियोगितामा टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडका देबी कार्कीले ३२ इञ्चको हिमस्टार एलइडी टिभी पाए । बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट काटेर खेल हेर्ने दर्शकमध्येका एकजनालाई एक थान टेलिभिजन उपलब्ध गराउँदै आएको महेन्द्र रत्नस्टोरका सञ्चालक प्रशान्त भण्डारीले जानकारी दिए । 
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएका एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार