धनकुटामा ६५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन

मंगलबार, २७ माघ २०८२

धनकुटा : धनकुटामा ६५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन गरिएको छ। जिल्लाका सबै पालिकालाई समेटेर प्रविण पोख्रेल कमाण्डर र मोहन लिम्बु सह–कमाण्डर रहने गरी फोर्स गठन गरिएको हो।

फोर्सको गठन कार्यक्रम केन्द्रीय प्रमुख कमाण्डर पुष्प श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा (एमाले) धनकुटा जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपाल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै फोर्सका धनकुटा कमाण्डर प्रविण पोख्रेलले आगामी निर्वाचनलाई सफल बनाउन आफूहरूलाई दिइएको जिम्मेवारी इमानदारी र कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार