झापा : झापाको दमक नगरपालिका–९ झरनाटोलमा एक महिला आगोले पोलेर घाइते भएकी छन् ।
बुधवार साँझ घरको आँगनमा बालिरहेको आगो ताप्ने क्रममा हुत्तिँदा ३५ वर्षीया तारा थारु परियार आगोमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलिरहेको आगोमा परेपछि उनका शरीरका विभिन्न भाग जलेका छन् ।
घटना लगत्तै घाइते परियारलाई तत्काल दमक अस्पतालमा भर्ना गरिएको छ । मदिरा सेवन गरेका कारण उनी बलिरहेको आगोमा हुत्तिएर परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
प्रतिक्रिया