आज अन्तर्राष्ट्रिय पर्वत दिवस: विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै

विहीबार, २५ मंसिर २०८२

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय पर्वत दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइँदै छ ।

बिहीबार ‘हमाल र त्यसभन्दा बाहिर पानी, खाना र जीविकोपार्जनको लागि हिमनदीहरू महत्त्वपूर्ण छन्’ भन्ने नाराका साथ २०२५ को अन्तर्राष्ट्रिय पर्वत दिवस मनाउन लागिएको हो ।

यो नाराले हिमनदीहरूको महत्वलाई विशेष रूपमा उजागर गर्छ । हिमनदी पग्लँदा पहाडदेखि तराईसम्म पानीको आपूर्ति प्रभावित हुन्छ, कृषि उत्पादनमा गिरावट आउन सक्छ, र पहाडी समुदायको दैनिकी जोखिममा पर्न सक्छन् । त्यसैले हिमनदी संरक्षण केवल पहाडका लागि मात्र होइन, समग्र जीवन, प्रकृति र भविष्यका पुस्ताका लागि अत्यावश्यक छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा राष्ट्रसंघका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको हो । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ) को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछ ।

राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् । पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानी स्रोत जोखिममा परेका छन् । द्रुत गतिमा हिमनदी पग्लिएका छन् । 

विश्व तापक्रम बढ्ने क्रम जारी रहे अरु हिमनदी हराउने छन् । यो दिवसले यस्ता जोखिम र चुनौतीबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास तथा सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ ।

नेपालका लागि यस दिवसको महत्त्व अझ गहिरो छ । संसारका १४ वटा ८,००० मिटरभन्दा माथिका हिमालमध्ये आठवटा यही अवस्थित छन् । यी हिमालहरू केवल भौगोलिक पहिचान मात्र होइनन्, नेपालको संस्कृति, आध्यात्मिकता, पहिचान र अर्थतन्त्रको केन्द्र हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार