झापा : गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी जवान विजय खड्कामाथि कुटपिटमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका–३, पश्चिम स्टेन नजिकबाट कुटपिटमा संलग्न रहेका युवा ताप्लेजुङ, फक्तालुङ गाउँपालिका–१ खेजेडिनका २७ वर्षीय जिते शेर्पालाई पक्राउ गरेको हो ।
प्रहरीले उनलाई बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इप्रका अनारमनीबाट खटिएको सादा पोसाकको संयुक्त टोलीले पक्राउ गरेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको बताइएको छ ।
प्रतिक्रिया