कोशी प्रदेशका कुन जिल्लामा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

मंगलबार, २७ माघ २०८२

धनकुटा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवार तथा सम्बन्धित राजनीतिक दलले खर्च गर्न पाउने अधिकतम सीमा तोकेको छ। आयोगले प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारका लागि जिल्ला तथा निर्वाचन क्षेत्रअनुसार छुट्टाछुट्टै खर्च सीमा निर्धारण गरेको हो।

आयोगका अनुसार धनकुटा जिल्लामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा सम्बन्धित पार्टीले अधिकतम ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।

३१ लाख रुपैयाँ खर्च सीमा तोकिएका निर्वाचन क्षेत्र

इलामका दुवै निर्वाचन क्षेत्र

भोजपुर

मोरङ क्षेत्र नं. १, २ र ३

सुनसरी क्षेत्र नं. १ र २

झापा क्षेत्र नं. २, ३ र ५

ओखलढुंगा क्षेत्र नं. १

उदयपुर क्षेत्र नं. १

३३ लाख रुपैयाँ खर्च सीमा

ताप्लेजुङ

पाँचथर

संखुवासभा

खोटाङ

२७ लाख रुपैयाँ खर्च सीमा

तेह्रथुम

२९ लाख रुपैयाँ खर्च सीमा

झापा क्षेत्र नं. १ र ४

मोरङ क्षेत्र नं. ४, ५ र ६

उदयपुर क्षेत्र नं. २

सुनसरी क्षेत्र नं. ३ र ४

निर्वाचन आयोगले तोकेको खर्च सीमाभित्र रहेर मात्र उम्मेदवारले निर्वाचन खर्च गर्न पाउने व्यवस्था रहेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार उम्मेदवारले गरेको सम्पूर्ण खर्चको विवरण निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम मतगणना सकिएको ३५ दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।

आयोगले निर्वाचन प्रयोजनका लागि उम्मेदवारले अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था समेत गरेको जनाएको छ।

प्रतिक्रिया

विनोद घिमिरे
लेखकको बारेमा
विनोद घिमिरे
घिमिरे धनकुटाबाट पत्रकारितामा सक्रिय छन् ।

सम्बन्धित समाचार