तामाकोशी दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १२ पुग्यो

मंगलबार, २७ माघ २०८२

रामेछाप : रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिएका हुन । 

प्रजिअ थापाका अनुसार घटनास्थलमा थप ६ वटा शव फेला परे यस अघि उपचारका कक्रममा ६ जनाको अस्पतालमा मृत्यु भएको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।

 

आज बिहान प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन।सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी कार्य जारी राखेको छ । मृतको पहिचान खुल्न बाँकि छ । सडकबाट खसेको बस नदीमा डुबेको थियो । बस नदीबाट निकालिएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार