काठमाडौँ : हमास र इजरायलबिचको युद्धविरामको पहिलो चरणअन्तर्गत सोमबार २२ बन्धक रिहा हुने तयारी भइरहेको छ। यस क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका जीवित बन्धकको सूची सार्वजनिक गरिएको छ, जसमा नेपालका विपिन जोशीको नाम पनि समावेश छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले विपिनसहित २ बन्धकको अवस्था अज्ञात रहेको समाचार प्रकाशन गरेको थियो। तर टाइम्स अफ इजरायल, एपी र अन्य सञ्चारमाध्यमले जारी गरेको सूची अनुसार उनी जीवित रहेको पुष्टि भएको छ।
शुक्रवारको युद्धविरामपछि सोमबारदेखि मङ्गलवारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले यस अवसरमा दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ।
विपिन जोशीसहित जीवित ठानिएका अन्य बन्धकहरूमा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर र मातान जंगाउकर रहेका छन्।
प्रतिक्रिया