झापा : जेनजी आन्दोलनका क्रममा फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान कसुरमा फैसला भई कैद भुक्तान गरिरहेको फरार कैदी डम्बर बहादुर मगर ९ शम्भु मगर० पक्राउ परेका हुन् ।
४५ वर्षीय उनी शिवसताक्षी नगरपालिका–११, शेर्माटोल निवासी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार प्रहरीले खोजतलासका क्रममा उनलाई घरमै लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएका छन् ।
पक्राउ परेका मगरलाई पुनः झुम्का कारागार, सुनसरी पठाइने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया