किशोरी हत्या घटनाको अधिकारकर्मीहरूद्वारा स्थलगत अनुगमन पीडित परिवारलाई ११ हजार नगद सहयोग

शनिबार, २७ मंसिर २०८२

सिरहा । जिल्लाका अधिकारकर्मीहरूद्वारा कर्जन्हा नगरपालिका वडा नं. १ का १७ वर्षीया एक किशोरीको हत्या घटनाको घटना स्थल अनुगमन गरिएको छ ।


शुक्रबार स्थलगत अध्ययनका क्रममा नगर प्रमुख भोला पोखरेल, उपप्रमुख लक्ष्मी श्रेष्ठ, वडाध्यक्षहरूले पीडितका परिवारजनसँग पनि भेटघाट गरिएका थिए ।


सोहीक्रममा इन्सेकद्वारा रू १० हजार र समग्र बिकास तथा परामर्श सेवा केन्द्र प्रालिद्वारा हजार गरि करिब ११ हजार रूपैया नगर प्रमुख र उपप्रमुख मार्फत पीडित परिवारलाई हस्तान्तरण समेत गरिएको थियो ।


दैनिक ज्याला मजदुरी गर्दै आएका पीडित परिवार आर्थिक अभाव र कठिनाईका कारण चार महिना अघिदेखि सो वडाको अद्र्ध निर्मित खुल्ला सामुदायिक भवनमा बस्दै आएका थिए ।


यसैक्रममा नगर प्रमुख पोखरेल र उपप्रमुख श्रेष्ठले घटना अत्यन्त निन्दनीय रहेको बताउँदै आफूहरू पीडित परिवारको साथमा रहेको र नगरपालिकाको तर्फबाट तत्कालिन एवं दीर्घकालीन सहयोग भईरहने अवगत गराए । दोषी कुनै हालतमा उम्कन नहुने भनि सुरक्षा निकायलाई आफूहरुले बारम्बार ध्यानाकर्षण गराइरहेको उनीहरूको भनाई थियो ।


किशोरीको हत्यापछि उनका आमा र बहिनी लगायत परिवारका सदस्यहरू डर र त्रासको अबस्थामा रहेको बताउँछन् ।


प्रहरीले घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिहरूलाई छानवीनको क्रममा नियन्त्रणमा समेत लिईएको जनाएको छ ।


किशोरीको मंसीर २१ गते राती अबस्था अज्ञात रहेकोमा मंसीर २२ गते सोही पालिकाको वडा नं २ स्थित एकान्तस्थलमा धारिलो हतियारले प्रहार गरि हत्या भएको अवस्थामा शव फेला परेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार