सुनसरीबाट ६० किलो गाँजा फालेर मोटरसाइकल चालक फरार

शुक्रबार, २६ मंसिर २०८२

इटहरी :  सुनसरीको देवानगंज गाउँपालिका–४ कौवाखोज नजिक करिब ६० किलो लागूऔषध गाँजा फालेर भागेको अवस्थामामा प्रहरीले एक मोटरसाइकल फेला पारेको छ।

गएराती करिब २ बजेतिर इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी कप्तानगंजबाट संयुक्त रूपमा खटिएको टोलीले गस्तीका क्रममा नेपालबाट भारततर्फ शंकास्पद रूपमा गुडिरहेको मोटरसाइकललाई रोक्न खोज्दा चालकले गाजा भएको दुई वटा बोरा फालेर फरार भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ।

बोरा खोल्दा प्याक गरिएको अवस्थामा ६० केजी गाँजा र बि आर ५० एनजी ८९९३ को मोटरसाइकल समेत फेला पारेको प्रहरीले जनाएको छ।

बरामद गाँजा र मोटरसाइकललाई कानूनबमोजिम जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान थालिएको छ भने फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार