धरान : धरान उपमहानगरपालिका–८ स्थित सेउती पुल नजिक आज साँझ करिब ५:३० बजे सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७७८६ नम्बरको मिनी ट्रकले सडक छेउमा पार्किङ गरिएको को १ क ६५४४ नम्बरको बसलाई ठक्कर दिंदा दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईका अनुसार, दुर्घटनामा ट्रक चालक नेत्र गौतम मोरङ सुन्दरहरैचा–५ का र सह–चालक सुजन तामाङ संखुवासभा सभापोखरी–२ का घाइते भएका छन्। विपरीत दिशाबाट आइरहेको प्र.१–०२–०४७ प ३९९३ नम्बरको स्कुटी सोही बसमा ठोक्किँदा स्कुटी चालक सुमना राई र पछाडि सवार सुबास राई घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ। दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन अस्थायी प्रहरी चौकी तिनकुनेको नियन्त्रणमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
प्रतिक्रिया