झापामा भारतबाट ल्याइएको अवैध पट्का र झिलिमिली बरामद

आइतबार, २६ असोज २०८२

झापा : भद्रपुर नगरपालिका–५ राई बस्तीमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याइँदै गरेको विभिन्न किसिमको अवैध पट्का र झिलिमिली लाइट बल्ब बरामद भएको छ।

गोप्य सूचनाको आधारमा विप्रका भद्रपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। 

प्रहरीले उपस्थिति देखाउँदासाथ सामान ल्याउने व्यक्ति भागेको थियो। घटनास्थलबाट ४ वटा प्लास्टिकको बोरामा रहेको विभिन्न किसिमका पट्का र झिलिमिली बल्ब लाइट बरामद गरेको हो । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार