एसएनजेडीद्वारा ३ सय बाढीपीडित परिवारलाई  राहत वितरण

आइतबार, २६ असोज २०८२

 झापा :  १८ र १९ गते परेको लगातार वर्षाले झापा गाउँपालिकाका विभिन्न बस्तीहरूमा आएको बाढीबाट अति प्रभावित क्षेत्रका घरपरिवारहरूलाई राहत वितरण गरिएको छ ।

Lutheran World Federation LWF Nepal को आर्थिक सहयोगमा, जिल्ला विपद् व्यवस्थापन समिति झापा र झापा गाउँपालिकासँगको समन्वयमा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल -Sn–jd Jhapa_ ले ३०० घरपरिवारका लागि राहत सामग्री  वितरण  गरेको हो ।

प्रति घरपरिवार २५ केजी चामल, २ केजी मुसुरी दाल, २ केजी नुन, १ केजी सोयाबिन, १ लिटर सूर्यमुखी तेल, २ वटा कम्बल र २ वटा म्याट हस्तान्तरण गरिएको हो । 

उक्त सामग्रीहरू जिल्ला प्रशासन कार्यालय झापाका विपद् फोकल पर्सन तथा सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौला, झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला र SN–JD का अध्यक्ष सोमनाथ भट्टराई, सचिव हेमकुमार गणेशलगायतको उपस्थितिमा औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरणपश्चात् ती सामग्रीहरू इलाका प्रहरी कार्यालय कुमरखोदको कार्यालयबाट बाढीप्रभावित घरपरिवारहरूलाई नेपाली सेनाको श्री अरिदमन गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, झापा गाउँपालिका  तथा वडा कार्यालयहरूको सहजीकरणमा वितरण गरिएको थियो । 

यसअघि, गत असोज २२ गते, “एकका लागि एक अभियान” सँगको समन्वयमा ५० घरपरिवारलाई समेत सहयोग उपलब्ध गराइएको थियो ।

उक्त मानवीय सहायताको कार्यमा सक्रिय रूपमा योगदान पु¥याउने सबै सरोकारवाला निकायहरू, सुरक्षाकर्मीहरू तथा SN–JD का स्वयंसेवकहरूप्रति संस्थाले धन्यवाद ज्ञापन गरेको  संस्थाका कार्यक्रम संयोजक कुमार चुडालले बताए । 

आज चौथो दिन ७२७ घरधुरीलाई राहत वितरण गरिएको छ । वडा नं १ को सालमारा ,रसुनगंज र सितुमारीका १५८ घरधुरीलाई ,त्यसैगरी वडा नं २ को कुवाडी २०९, कामातवस्ती ८९ , बालुवाटार १०७,हवल्दारवस्ती ६१, नरिवलटोला ९२ र लेङ्गालीटोल ११ गरी ७२७ घरपरिवारलाई राहत वितरण गरिएको हो । 

अहिलेसम्म जम्मा २२३५ घरधुरीले राहत पाएका छन् भने अझ ११९७ घरधुरीलाई राहत वितरण गर्न बाँकी छ ।  झापा गाउँपालिकामा ३४३२ घरधुरी बाढीबाट प्रभावित भएका छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार