युएईमाथि नेपालको एक रनको रोमाञ्चक जित

आइतबार, २६ असोज २०८२
PHOTO : CAN

काठमाडौँ : टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्समा नेपालले युएईलाई रोमाञ्चक एक रनको अन्तरले पराजित गरेको छ। नेपालले दिएको १४१ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो। नेपालको पारीमा आसिफ सेखले ५१, कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, गुलशन झाले १४ र कुशल मल्ल १० रन बनाएका थिए। युएईका बलर जुनैद सिद्धिकी, मुहमद रोहिद, जाहिद अली, हैदर अली, हर्षिक कौशिक र ध्रुब पराशरले एक–एक विकेट लिए।

यस जितसँगै नेपालले सुपर सिक्समा ४ अंक हासिल गरेको छ। अब नेपालले अर्को खेल सोमबार कतारविरुद्ध खेल्ने छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार