झापा : झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गौरादह नगरपालिका–५, कटकपुर निवासी १८ वर्षीय राघव धमला रहेका छन्। उनीले गत चैत २५ गते आफ्नै घर नजिकको बाँसघारीमा लगेर १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ।
डर र त्रास देखाएर नाबालिकामाथि करणी गरिएको र नाबालिका गर्भवती भएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ।
पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएपछि धमलालाई प्रहरीले पक्राउ गरेको र इलाका प्रहरी कार्यालय झिलझिलमा राखेर अनुसन्धान सुरु गरिएको बताइएको छ।
प्रतिक्रिया