इटहरी : छ दिनअघि सुनसरीको बर्जुमा मेला घुम्न गएकी एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार पक्राउ पर्नेहरूमा बर्जू गाउँपालिका–६ का २१ वर्षीय बुधनारायण चौधरी, सोही ठाउँका २१ वर्षीय विजय साह र १५ वर्षीय एक बालक रहेका छन्।
पक्राउ परेकामाथि जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको दुहबीका प्रहरी निरीक्षक सागर तिम्सिनाले जानकारी दिए।
घटनाक्रम अनुसार असोज १६ गते दसैंको टीका दिन बर्जू–६ स्थित चन्दामोहन बाँधमा १३ वर्षीया बालिका मेला घुम्न गएकी थिइन्। त्यही बेला पाँच जनाको समूहले उनलाई बलात्कार गरेर फरार भएका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरी टोलीले पीडित बालिकालाई उद्धार गरी उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरेको थियो।
प्रतिक्रिया