अस्ट्रेलियामा हुने टी–२० सिरिजका लागि नेपाली टोलीको बिदाइ, ललितको ठाउँमा शाहव

आइतबार, २५ साउन २०८२
PHOTO : CAN

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको औपचारिक बिदाइ गरेको छ। आइतबार क्यानले विशेष कार्यक्रममार्फत टोलीलाई बिदाइ गरेको हो। टोली सोमबार प्रस्थान गर्नेछ।

अगस्ट १४ देखि २४ सम्म सञ्चालन हुने यस सिरिजमा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ सहित विभिन्न टोलीको सहभागिता रहनेछ। नेपालले लिग चरणमा ६ खेल खेल्नेछ। यो प्रतियोगितालाई अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको तयारीका रूपमा लिइएको छ।

ललित राजवंशीको आमाको आइतबार निधन भएपछि उनको स्थानमा शाहव आलमलाई टोलीमा समावेश गरिएको क्यानले जनाएको छ।

नेपाली टोली यस प्रकार छः

  • रोहित पौडेल (कप्तान)

  • दिपेन्द्र सिंह ऐरी (उपकप्तान)

  • सन्दीप लामिछाने

  • आसिफ शेख

  • कुशल मल्ल

  • गुल्सन झा

  • आरिफ शेख

  • भीम सार्की

  • रुपेश कुमार सिंह

  • सोमपाल कामी

  • नन्दन कुमार यादव

  • करण केसी

  • रिजन ढकाल

  • लोकेश बम

  • शाहव आलम

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार