११४ दलहरुलाई चुनाव चिन्ह प्रदान, कसको चुनाब चिन्ह के ?

सोमबार, २२ मंसिर २०८२

काठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ। आयोगमा १२० राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रूपमा चुनाव चिह्न प्रदान गरिएको छ।

१२ राजनीतिक दलले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएका थिए, जसअनुसार संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो। यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ। आयोगमा कूल १४३ राजनीतिक दल दर्ता कायम छन्। निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ रहेको छ। निर्वाचनका लागि १०७ चुनाव चिह्न प्रयोग हुनेछन्।

आयोगले प्रदान गरेका चिह्नहरूमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा र चौथोमा घण्टी रहेका छन्। हलो, ढल्केको छाता, लाउडस्पिकर, पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार पनि निर्वाचन चिह्नका रूपमा प्रयोग हुनेछन्।

त्यसैगरी कुखुराको भाले, जग, पञ्जाछाप, इनार, डोको, हँसिया–तारा, कमलको फूल, माथितिर फर्काइएको धनुष, गितार, घर, हँसिया, मोटरसाइकल, साँचो, दायाँ हातले समातेको मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, दापसहितको खुकुरी पनि निर्वाचन चिह्नका रूपमा रहनेछन्।

आयोगका अनुसार तुलसी मठ, गाग्री, ब्याट्री, मान्छेको काँधमा बोकिएको ढुङ्गा, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलाकारभित्र शङ्ख, बज्र, हात्ती, उडिरहेको माहुरी, पुरुष, काखमा बच्चा लिएकी आमा, चुच्चोले चिठ्ठी बोकेर उड्न लागेको परेवा, अँजुलीमा रहेको माटो, बाली बोकेकी महिलाको आकृति, कोदालो बोकेको किसान, त्रिशूल, घोडा, गोलो घेराभित्र दुई पात भएको गुलाफ, लोककला कोरिएको गाग्रोमा आँपको कलश र माथि नरिवल, कम्प्युटर किबोर्ड, गाढा नीलो रङ्गको गोलाकारभित्र २४ किलाको चक्र, हात मिलाएको चिन्ह, चापाकल पनि निर्वाचन चिह्नका रूपमा रहनेछन्।

बलिरहेको बिजुलीको चिम, सिट्ठी, प्रेम (Love), ओदान, तीर, ट्याक्टर, रेडियो, रथ, तीन ढुङ्गे अधिनो, ढुङ्गे धारा, गदा, भेडा, चस्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्षको दाना पनि निर्वाचन चिह्नका रूपमा प्रयोग हुनेछन्।

दुई वटा पैतलाछाप, करुवा, षट्कोण, सुकुन्दा, पुल, चकिया, माटोबाट उम्रिएको तीन पात भएको बिरुवा, गोलो घेराभित्र पानीको बोतल, बुल्डोजर, लुगा सिउने कल, हात मिलाएको महिला र पुरुष, परेवा, तराजु, खरायो, सेतो र कालो रङ्गको जुत्ता, खुला किताब, खुलेको ताला, आवाज सुन्दै गरेको कान, श्रीवत्स (समृद्धिको प्रतीक), गोलाकारभित्र बुढी औँला उठाएको लाइक चिन्ह, कोदालो, मकैका बाला, दुई औँला खुलेको हात, जगर भएको सिंह, डुङ्गा र भैँसी पनि निर्वाचन चिह्न रहेका छन्।

हेर्नुहाेस कसकाे चुनाब चिन्ह के छ ।

election1765111855_eN8hQOKkC1

222

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार