काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
भक्तपुरको नलिनचोकमा हेलिपोर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका अधिकारीलाई विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
अदालतले निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा भ्रष्टाचार भएको दावी गर्दै मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया