काठमाडौं : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले थाइल्याण्डको बैंककमा सम्पन्न छैठौं इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड प्राप्त गरेको छ।
इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रममा एसियाली बीमा बजारमा नवीनता, रणनीतिक प्रभाव र ग्राहक–केन्द्रित पहललाई मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको हो।
कम्पनीका अध्यक्ष रतन लाल केडियाले यो सम्मान कम्पनीको रणनीतिक सोच र ग्राहक–केन्द्रित दृष्टिकोणको मान्यता भएको बताए।
प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले यस अवार्डले कम्पनीलाई नेपाल मात्र नभई एसियाली बीमा बजारमा पनि सक्षम र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गरेको उल्लेख गरे।
सानिमा रिलायन्सले हाल देशभर १६९ शाखामार्फत सेवा दिँदै आएको छ, ५ अर्बभन्दा बढी पूँजी र २० अर्बभन्दा बढी लगानी रहेको छ। कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ता कार्यरत छन्।
प्रतिक्रिया