धनकुटा : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा आयोजना गरिएको ‘प्रोभिन्स क्लब अचिभर्स अवार्ड’ कार्यक्रम धनकुटा–भेडेटारमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ७० जना भन्दा बढी उत्कृष्ट अभिकर्ता तथा लिडरहरूलाई क्लब अवार्ड र पदकबाट सम्मानित गरिएको थियो।
कार्यक्रमका सञ्चालक नगेन्द्र भट्टराईले आकर्षक ढंगले कार्यक्रम सञ्चालन गरेका थिए। उद्घाटन सत्रमा कोशी ‘ए’ प्रमुख सुधिष्ट गुप्ताले स्वागत मन्तव्य राख्दै अभिकर्ताहरूको मेहनत, प्रतिबद्धता तथा कम्पनीको निरन्तर वृद्धिमा उनीहरूको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे।
सिनियर एजीएम टीका दत्त प्याकुरेलले विशेष टिप्पणी (Special Remarks) प्रस्तुत गर्दै अभिकर्ताहरूको पेसागत निष्ठा तथा बिमा सेवाको पहुँच विस्तारमा उनीहरूको भूमिकाको उच्च प्रशंसा गरे। त्यसपछि स्ट्राटेजी तथा रिसर्च प्रमुख रोजेस बस्नेतले प्रभावकारी ट्रेनिङ सेसन सञ्चालन गर्दै लक्ष्योन्मुख बिक्री रणनीति, ग्राहक व्यवस्थापन तथा बिमा बजारका वर्तमान ट्रेन्डबारे व्यावहारिक प्रशिक्षण प्रदान गरे।
समापन सत्रमा कोशी ‘बी’ प्रमुख जगत फुयलले विजेता टिमलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै आगामी लक्ष्यहरू अझ प्रभावकारी रूपमा हासिल गर्ने विश्वास व्यक्त गरे। उनले सहभागी सबै अभिकर्ताहरूको निरन्तर योगदानकै कारण कम्पनीले प्रदेशस्तरमा उल्लेखनीय प्रगति गर्न सफल भएको बताए।
_QyaXPcrlIS.png)
प्रतिक्रिया