बाबुराम भट्टराईका पिता भोजप्रसादको निधन

विहीबार, २२ माघ २०८२

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता डा. बाबुराम भट्टराईलाई पितृ शोक परेको छ।

भट्टराईका ९७ वर्षीय बुवा भोजप्रसाद भट्टराईको विहीबार बिहान ८ः१५ बजे निधन भएको हो।

भोजप्रसादलाई उपचारका लागि हिजो न्युरो अस्पताल भर्ना गरिएको थियो।

भोजप्रसादको आज बिहान निधन भएको र आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भट्टराईको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार