काठमाडौँ : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले साधारणसभा आउँदो पुस १४ गते विराटनगरस्थित होटेल एयरपोर्टमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो।
सभाले हाल कायम चुक्तापूँजी ७५ करोड रुपैयाँको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै आवश्यक परेमा अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्न निर्देशन आएमा सोहीअनुसार प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
यसबाहेक, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव र सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको नियुक्ति (निर्वाचन) सम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने छ भने चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार, मङ्सिर २९ गतेअघि कायम रहेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।
प्रतिक्रिया