तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा

सोमबार, २२ मंसिर २०८२

काठमाडौँ : सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ भने जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले चालु आर्थिक बर्षका लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मुल्य प्रतिक्वीन्टल  ६२० रुपैया तोक्दै ७० रुपैया अनुदान कायम गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए । 

बैठकले सहसचिव राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको भने आर्थिक कार्यविधि तथा वित्तिय उतरदायित्व दोश्रो संशोधन नियमावली स्वीकृत गरेको छ । 

त्यसैगरि मन्त्रिपरिषद्ले बिभिन्न १० जिल्लाका ९४ हजार ५ सय २७ गरिव परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार