सुनसरी ३ मा रास्वपा का अशोक चौधरी चुनावी प्रचारप्रसारमा सक्रिय

आइतबार, २५ माघ २०८२

सुनसरी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अशोक कुमार चौधरी चुनावी अभियानमा सक्रिय रहेका छन्। विघटित प्रतिनिधि सभामा समानुपातिक तर्फबाट सदस्य समेत रहेका चौधरीको चुनावी अभियानमा युवाहरुको सहभागिता बढ्दो क्रममा रहेको छ । 

रास्वपाका उम्मेदवार चौधरीको पक्षमा प्रचारप्रसारका लागि दुहवीका युवाहरुले समूह गठन गरेर प्रचारप्रसार गर्दै आएका हुन । 

 

चौधरीले विघटित प्रतिनिधि सभामा देखाएको सक्रियता र जनमुखी कामका कारण युवाहरुको आकर्षण बढेको बर्जु गाउँपालिका वडा नम्बर ५का नरेश यादव बताउछन । अशोक चौधरीले सबैको कुरा सुन्नुहुन्छ, युवाका मुद्दा र गरिब–विपन्नको पक्षमा संसदमा आवाज उठाउनुभएको छ, यादवले थपे । 

यस निर्वाचन क्षेत्रबाट रास्वपाले चौधरीलाई उम्मेदवार बनाएपछि त्रिपक्षिय प्रतिस्पर्धा हुने आँकलन गर्न थालिएको छ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधान लगायतका मन्त्री भई सकेको विजयकुमार गच्छदार , एमाले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगवती चौधरी लगायत उम्मेदवार रहेका छन् । 

सुनसरी क्षेत्र नम्बर ३ बाट गच्छदारले ६ पटक सम्म निर्वाचन जितेका थिए भने अघिल्लो निर्वाचनमा भगवती चौधरीले गच्छदारलाई पराजित गरेकी थिइन । भगवती अहिले अघिल्लो निर्वाचन झै जित निकाल्ने अभियानमा सक्रिय छन भने गच्छदार आफनो पुरानो विरासत फिर्ता ल्याउने दाउमा रहेका छन । यता युवाहरु उम्मेदवार रास्वपाका अशोक पहिलो पटक चुनावी प्रतिस्पर्धाबाटै पनि प्रतिनिधि सभाको सदस्य बन्ने लक्ष्य सहित चुनावी अभियानमा सक्रिय रहेका छन। 

सुनसरी क्षेत्र नम्बर ३ मा यि तीन चौधरी बाहेक २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। यस पटकको निर्वाचनमा सुनसरी ३ मा पटक पटक सरकारको नेतृत्व गरेका नेपाली काँग्रेस , नेकपा एमाले लगायतका पुराना भनिने दल तथा नयाँ दल र स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका कारण त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार