समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता

सोमबार, २२ मंसिर २०८२
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता

काठमाडौ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख निरज आचार्यले निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलगायतलाई भेटेर दल दर्ताको निवेदन हस्तान्तरण गरेका हुन् ।


आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्र्फको कार्यक्रम गत शनिबारदेखि सुरू गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीका लागि दल दर्ता गर्न यही मङ्सिर २३ गते अपराह्न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार