कस्तो रहला आज देशभरको मौसम ?

शुक्रबार, २३ माघ २०८२

काठमाडौँ : हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले तराईका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभाग र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार