देशभर पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

आइतबार, २७ पुस २०८२

काठमाडौँ : देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ भने गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका अधिकांश स्थानहरूमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहने महाशाखाको पूर्वानुमान छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सफा रहनेछ।

आज राति पनि तराईका केही स्थानहरूमा हुस्सु रहनेछ भने देशका पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

मौसम महाशाखाले तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण विशेषगरी बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार