नख्खु कारागारबाट भागेका अपहरणकारी विराटनगरमा पक्राउ

सोमबार, २२ मंसिर २०८२
सांकेतिक फोटो

विराटनगर : नख्खु कारागारबाट जेनजी आन्दोलनको मौका छोपेर भागेका अपहरणकारी भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । 


अपहरण तथा शरीर बन्धक मुद्धाका दोषी ठहर भएर नख्खु कारागारमा रहेका भारतीय नागरिक निपुन गुप्तालाई प्रहरीले सोमबार विराटनगर महानगरपालिका ७ बाट पक्राउ गरिएको हो । 


विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गुप्तालाई पक्राउ गरेको जनाइएको छ  । गुप्तालाई सोमबार नै मोरङ कारागारमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार