काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ ।
कांग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यका साथ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रभावकारी रूपमा संगठन परिचालन गर्ने गरी समिति गठन गरिएको नेविसंघले जनाएको छ ।
नेविसंघका अनुसार निर्वाचन अभियानलाई व्यवस्थित, प्रभावकारी तथा परिणाममुखी बनाउन समिति संयोजकलाई क्षेत्रगत आवश्यकताअनुसार उपसमिति गठन गर्ने अधिकार पनि दिइएको छ ।
निर्वाचनमा विद्यार्थी शक्ति परिचालन गरी कांग्रेसको पक्षमा जनमत सुदृढ बनाउने लक्ष्यसहित समिति गठन गरिएको नेविसंघको दाबी छ ।
प्रतिक्रिया