इलाम : हुनेले दिने, नहुनेले लिने भन्ने नाराको साथ इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा कपडा बैंकको स्थापना गरिएको छ । सिनियर टीम फिक्कलको अगुवाइमा कपडा बैंक स्थापना गरिएको हो ।
राजन प्रधानको संयोजकत्वमा सो कपडा बैंक सञ्चालनमा लयाइएको छ । जाडोयाममा लुगा नभएर चिसोमा बस्न बाध्य गरिव असाहय तथा आर्थिक अवस्था कम्जोर भएकाहरु न्यानो कपडाबाट बन्चित हुन नपरोस भनेर कपडा बैंक स्थापना गरिएको जनाइएको छ । राजन प्रधानको संयोजकत्वमा सो कपडा बैंक सञ्चालनम ल्याइएको कपडा बैंकबाट कपडा लैजाने मात्र नभएर हुनेहरुले ल्याएर राखि दिन पनि संयोजक प्रधानले आग्रह गरे । दाताहरुले कपडा डोनेसन गर्न पनि सक्ने सो अवसरमा जानकारी गराइयो ।
कपडा बैँक स्थापना भएपछि गारिव, असाहय तथ कपडा नभएका नागरिकलाई सहज हुने सूर्योदय नगरपालिका उपप्रमुख दुर्गा बरालको भनाई रहेको थियो । संयोजक प्रधानले कपडा बैँकलाई सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्दै दर्ता प्रक्रिया समेत अगाडी बढाउने योजना रहेको बताए ।
पवित्र उद्देश्य बोकेर सुरु गरिएको कपडा बैंकबाट विपन्न समुदायलाई लाभ मिल्ने उद्घाटन कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।
प्रतिक्रिया