सुनसरीमा अवकाश प्राप्त प्रहरीको भब्य बिदाई

मंगलबार, १६ मंसिर २०८२
सम्मानपछिको सामुहिक फोटो

इनरुवा :  अनिवार्य अवकाशमा गएका दुई प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले औपचारिक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।
प्रहरी सङ्गठनमा रही ३० वर्षे सेवा अवधि पुरा गर्ने भूपाल राना र महेश झा लाई जिल्ला प्रहरी कार्यालय सुनसरीले  सम्मान सहित बिदाइ गरेको छ । सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेबे सहितको उपस्थितिमा राना र झा लाई बिदाइ गरियो  ।
अनिवार्य अवकाशमा जाने राना प्रहरी निरीक्षक र झा प्रहरी नायब निरीक्षक हुन । प्रहरी सङ्गठन प्रतिको निष्ठा र कर्तव्य पालनाको उच्च कदर गर्दै अवकाशमा जाने प्रहरी कर्मचारीको उज्ज्वल भविष्यको कामना सहित बिदाइ गरिएको प्रहरी उपरीक्षक थेबेले जानकारी गराए ।  
जेनजी आन्दोलन पश्चात खस्केको प्रहरीको मनोबल माथि उकास्न समेत प्रहरीमैत्री व्यवहार र सम्मान आवश्यक रहेको सर्वत्र आवाज उठिरहेका बेला सुनसरी प्रहरीले अनिवार्य अवकाशमा जाने प्रहरी कर्मचारीहरूलाई सम्मान सहित  बिदाइ गर्न थालेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार