काठमाडौं । भारतको गोवास्थिति एक नाइट क्ल्वमा गत शनिबार मध्यरात भएको आगलागीमा मारिनेमध्ये चार जना नेपाली भएको खुलेको छ । आगलागीमा २५ जनाको मृत्यु भएको थियो ।
भारतीय अधिकारीका अनुसार मारिनेमध्ये २० जना नाइट क्लवकै कर्मचारी र ५ जना पर्यटक हुन् । कर्मचारीमध्ये तीनजना नेपालका भएको अधिकारीहरुले बताएका छन् ।
भारतीय सञ्चारमाध्यमले मारिने २५ जनाको नाम सार्वजनिक गरेका छन् । उनीहरुमध्ये नेपालका चुर्नबहादुर पुन, विवेक कटवाल, सविन (थर नखुलेको) र सुदीप (थर नखुलेको) नेपालका हुन् । नेपालीहरुको पुरा ठेगाना खुलाइएको छैन ।
गोवाको बिर्च एन्ड रोमियो नाइट क्लवमा १०० जनाजति मानिसहरु डान्स गरिरहेका बेला अचानक आगलागी भएको थियो ।
प्रतिक्रिया