लेटाङकी १३ वर्षीया बालिका अंशु गौतम दुई दिनदेखि बेपत्ता

विहीबार, २३ असोज २०८२

लेटाङ (मोरङ) : मोरङको लेटाङ नगरपालिका–२ फडानीमा बस्ने १३ वर्षीया बालिका अंशु गौतम दुई दिनदेखि बेपत्ता भएकी छिन्।

स्थानीय लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ की विद्यार्थी समेत रहेकी अंशु मङ्गलवार अपराह्न ४ बजे साथीको घर जाने भन्दै निस्केकी थिइन् तर त्यसपछि उनी सम्पर्कविहीन भएकी हुन्।

साँझसम्म घर नफर्केपछि परिवार, छरछिमेक र विद्यालयले रातभर खोजी गरे पनि कुनै अत्तोपत्तो नलागेपछि बुधबार बिहानदेखि प्रहरीले समेत सक्रियता बढाएको छ। अहिले इलाका प्रहरी कार्यालय लेटाङको टोली र स्थानीयवासीको सहकार्यमा खोजी अभियान तीव्र पारिएको प्रहरीले जनाएको छ।

अंशुका अभिभावक नवीन गौतम र बिना गौतमको अपिल

“हाम्रो छोरी मङ्गलवार अपराह्नदेखि सम्पर्कविहीन भएकी छिन्। उनलाई देख्नुभएका वा भेट्नुभएका महानुभावहरूले कृपया नजिकको प्रहरी चौकी वा हामीलाई तुरुन्त जानकारी गरिदिनुहोस्,” आमा बिना गौतमले आग्रह गर्दै भनिन्, “अंशु कहिल्यै पनि घरबाट टाढा जाँदिन थिई । त्यसैले हामीलाई डर लागेको छ, कतै कसैले लुकाएको त होइन?”

परिवारले घर र विद्यालय नजिकका सिसिटिभी फुटेज समेत हेर्दा कुनै सुराग नपाएको बताएका छन्। यसले घटनालाई झन् रहस्यमय बनाएको छ।

प्रहरीका अनुसार अहिले विद्यालय परिसर, नजिकका जङ्गल, बाटोघाटो र सम्भावित स्थानहरूमा खोजी जारी छ। सर्वसाधारणलाई समेत सतर्क रहन र कुनै पनि जानकारी भए तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ।

यता इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार बालिका बेपत्ताको घटनाबारे सबै निकायमा परिपत्र गरिसकिएको छ । “अहिलेसम्म कुनै जानकारी आएको छैन, तर अब खोजी कार्यलाई अझ तीव्र पारिनेछ,” निरीक्षक रेग्मीले भने ।

सहयोगका लागि सम्पर्क नम्बर :
 परिवार – ९७६२९४७४९५

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार